२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भारतमा पछिल्लाे २४ घन्टामा ५० हजार संक्रमित थपिए

सोमबार १२, साउन २०७७ ०३:०३

भारतमा पछिल्लाे २४ घन्टामा ५० हजार संक्रमित थपिए

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ ।

तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने ९ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसंगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस