२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भारतमा एकैदिन ४९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

शुक्रबार ०९, साउन २०७७ ०२:१५

भारतमा एकैदिन ४९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली ।  भारतमा कोरोना भाइरस संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।

बिहीबार भारतमा ४५ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार १ सय २९ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् ।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । शुक्रबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ । त्यस्तै महाराष्ट्रमा कोरोनाबाट अहिलेसम्म १२ हजार ८ सय ५४ को मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस