२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरी स्थगित

बिहिबार ०८, साउन २०७७ ०६:५१

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरी स्थगित

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको यही साउन २५ र २६ गते हुने भनिएको  निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको महासंघकाे पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेकाे हाे। 

महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो ।

उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

महासंघकाे चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भएकाे छैन् । 


#नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस