२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

पोखरीमा डुबेर तीन बालकको मृत्यु

बिहिबार ०८, साउन २०७७ ०४:२३

पोखरीमा डुबेर तीन बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
    
बुधबार दिउसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसंगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । 

पोखरीमा डुबेर एकै गाउँका तीन बालककाे ज्यान गएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । 
 


#मृत्यु

प्रतिकृया दिनुहोस