२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय

बुधबार ०७, साउन २०७७ ०८:२८

बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय
फाइल तस्बीर ।

काठमाडाैं । सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद बैठकले यसअघि दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पुर्‍याएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइने छ । यस्तै, घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको हो ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।


#मन्त्रिपरिषद बैठक

प्रतिकृया दिनुहोस