बुधबार ०७, साउन २०७७ ०७:२०
चितवन । नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खस्दा फेरि यातायात अवरूद्ध भएकाे छ ।
सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार बेलुकीदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए ।
ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण सडकहरु ठाउँ ठाउँमा क्षतिग्रस्त छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग ठप्प भएका कारण अन्य वैकल्पिक मार्ग रोज्न प्रशासनले यात्रुलाई अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस