२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

पछिल्लाे २४ घण्टामा १ सय ५० जनामा संक्रमण पुष्टि,६०९ जना डिस्चार्ज

- विशेष खबर मङ्गलबार ०६, साउन २०७७ ०४:४४

पछिल्लाे २४ घण्टामा १ सय ५० जनामा संक्रमण पुष्टि,६०९ जना डिस्चार्ज

काठमाडाैं ।  पछिल्लाे २४ घण्टामा देशभरी थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् । उपत्यकामा काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना थपिएका छन् ।  

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४७७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६०९ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ७७७ पुगेको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस