२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

२४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

बिहिबार ०१, साउन २०७७ ०४:४८

२४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं ।  पछिल्लाे २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित थपिएकाे जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।  

गएको २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कोरोना निको भएर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २७ प्रयोगशालामा ४ हजार ९८१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । 


#काेराेना

प्रतिकृया दिनुहोस