२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

बढ्याे पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ

- विशेष खबर सोमबार १६, असार २०८२ १०:३७

बढ्याे पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार मंगलबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइने निगमले जनाएको छ । यद्यपि एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

पेट्रोलमा ५ रुपैयाँ बढेर काठमाडौंमा नयाँ मूल्य प्रतिलिटर १६२.५० तोकिएको छ भने डिजेल/मट्टितेलको नयाँ मूल्य ४ रुपैयाँले बढेर १४६.५० तोकिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. ७.६४, डिजेलमा रु. ९.१३ र हवाई इन्धनमा रु. ६.८८ ले मूल्य बढेको निगमको भनाइ छ ।

Petrol increased by Rs 5, diesel and kerosene by Rs 4 per litre


प्रतिकृया दिनुहोस