२०८१ असोज १९ गते शनिबार | 5 October, 2024

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

- रासस शनिबार १२, असोज २०८१ १०:२२

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

मलेखु । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् ।

'कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन,' उनले भने, 'पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।'

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस