२०८१ असोज ०१ गते मङ्गलबार | 17 September, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

- विशेष खबर बिहिबार ३१, साउन २०८१ ०९:२२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैयाँ घटाएको जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ रूपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामा एक सय ६४ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर  एक सय ७० रहेकामा एक सय ६५ रूपैयाँ कायम गरिएको छ । 

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ रूपैयाँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । 

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । 


प्रतिकृया दिनुहोस