२०८१ भदौ २३ गते आइतबार | 8 September, 2024

४२ दिनमा विपद्‌मा परी १३१ जनाको मृत्यु

- विशेष खबर सोमबार ०७, साउन २०८१ १०:४९

४२ दिनमा विपद्‌मा परी १३१ जनाको मृत्यु

काठमाडौं । ४२ दिनमा बाढी, पहिरोलगायतका विपद्मा परी मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ ।

गत जेठ २८ गतेदेखि साउन ७ गते दिउँसो ३ बजेसम्‍म विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको प्रहरी समाचारले जनाएको छ ।

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरामा परी कोसी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।


प्रतिकृया दिनुहोस