शनिबार २०, असार २०७७ ११:५६
बझाङ । केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा शुक्रबार राति गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । ७ जना अझै बेपत्ता छन् । मृतकहरुको सनाखत भएको छैन ।
शुक्रबार राति २ बजेतिर पहिरो खसेकाे हाे । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको स्थानीयले बताएका छन् । अहिले स्थानीयले पहिरोमा बेपत्ता भएकाको खोजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
उद्धारका लागि जिल्ला सदरमुकामबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएकाे सेनाको टोली बिहानै घटनास्थल हिँडेकाे छ । खोलाको बाटो हुँदै जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली पुग्न ढिलाे भइरहेकाे छ।
पहिरोले त्यहा जाने बाटोसमेत बगाएकोले बाटो बनाएर उद्धार टाेली घटनास्थल पुग्न केही समय लाग्ने जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बमले बताए।
प्रतिकृया दिनुहोस