२०८१ साउन १२ गते शनिबार | 27 July, 2024

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

- विशेष खबर बिहिबार २४, जेठ २०८१ १०:३५

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

पिथाैरागढ । भारत उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ । 

उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ) ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ । एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए । 

उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ । 'अपरेसनमा हिजो १३ पदयात्रीको सकुशल उद्धार गरिएको छ, सुरक्षित रहेका आठ पदयात्रीलाई देहरादुन पठाइएको छ, अन्य पाँचलाई आज देहरादुन पठाइने छ,' प्रहरीले भनेको छ । 

कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । 


प्रतिकृया दिनुहोस