२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

पेट्रोल लिटरमै ४ रुपैयाँ बढ्यो

- विशेष खबर सोमबार १९, चैत २०८० १२:५८

पेट्रोल लिटरमै ४ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको हाे ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

यस्तै प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आए पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस