२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

डिजल-पेट्राेलकाे मूल्य घट्यो

- विशेष खबर शुक्रबार ०२, चैत २०८० ०९:५९

डिजल-पेट्राेलकाे मूल्य घट्यो

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हाे ।
 
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ रूपैयाँ तोकेको छ ।

यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा,  दोस्रो वर्गका लागि एक सय ५७ र तेस्रो वर्गका लागि एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
 
पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।
 
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १ रूपैयाँ २२ पैसा र २ रूपैयाँ ०६ पैसाले घटेर आएको निगमले जनाएको छ ।


प्रतिकृया दिनुहोस