२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

बढ्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार

- विशेष खबर बुधबार ११, पुष २०८० १२:४६

बढ्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार

काठमाडाैं । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अघिल्लो दिनको तुलनामा सुन २०० रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन ताेलाकाे १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन भने तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको  छ । 

उता चाँदी भने यो दिन तोलामा १० रुपैयाँ बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने बुधबार सुनको भाउ घटेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ६६ डलर रहेको छ ।


प्रतिकृया दिनुहोस