२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्याे

- विशेष खबर बुधबार २७, मङि्सर २०८० ११:४९

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्याे

काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ। कम्पनीको आइपीओमा आज मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो। अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।

यसको लागि कम्तीमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात नभए आवेदन रद्द हुनेछ। यो सेयरमा बढीमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई कम्पनीले सेयर छुट्याइसकेको छ । वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाडिसकेको छ।  कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ।

आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ।

यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैंक छ।

सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।

कम्पनीले सेयरबाट उठेको रकम घरजग्गा कार्यालयमा लगाउने देखि निक्षेप, ऋणपत्रमा लगानी गर्ने उल्लेख गरेको छ।


प्रतिकृया दिनुहोस