२०८२ असार १८ गते बुधबार | 2 July, 2025

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

- विशेष खबर शुक्रबार २२, मङि्सर २०८० ०८:४७

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

काठमाडाैं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्।

विमानथल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेका अनुसार पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेका छन्।

बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखी लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो। 

उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि उनलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।  


प्रतिकृया दिनुहोस