२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नेपाल एयरलाइन्सद्वारा तीन जहाज किन्न बोलपत्र

- विशेष खबर आइतबार ०५, कार्तिक २०८० १२:११

नेपाल एयरलाइन्सद्वारा तीन जहाज किन्न बोलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । 

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो ।

ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।


प्रतिकृया दिनुहोस