२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

खाद्यले भाेलिदेखि खसीबोका बिक्री गर्ने, जिउँदो खसी किलोको ६ सय ८०

- विशेष खबर सोमबार २९, असोज २०८० ११:०२

खाद्यले भाेलिदेखि खसीबोका बिक्री गर्ने, जिउँदो खसी किलोको ६ सय ८०

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि मंगलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रूपैयाँमा बिक्री गर्नेछ । 

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रूपैयाँ छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। 

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौं ल्याइएको हो ।

कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ ।

यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।


प्रतिकृया दिनुहोस