२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको जित

- विशेष खबर शनिबार २७, असोज २०८० ११:१०

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको जित

काठमाडौं । भारतले एकदिवसीय विश्वकप-२०२३ मा शनिबार आफ्नो पारम्परिक प्रतिद्वन्द्वी पाकिस्तानमाथि  सात विकेटको जित निकालेको छ ।  

एकदिवसीय विश्वकपमा भारतको पाकिस्तानविरुद्ध यो आठौं जित हो । जितका लागि १ सय ९२ रन पछ्याएको भारतले विकेट तीन गुमाएर ३०.३ ओभरमा विजयी रन बटुल्यो ।

घरेलु टिमका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए । उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । श्रेयस अय्यर रन ५३ बनाएर नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभर मात्र टिक्न सक्यो र त्यसमा १ सय ९१ रन बनाएर अलआउट भयो । एक समय १ सय ५५ रन बनाउँदा तीन विकेट गुमाएको पाकिस्तानले त्यसपछि ३६ रनमा ७ विकेट गुमाएको हो ।

कप्तान बाजर आजमले ५८ बलमा ५० रन बनाएर अर्धशतक पूरा गरे । यस्तै मोहमद रिजवानले ४९ रन बनाए । पाकिस्तानका ओपनर ब्याटरद्वय अब्दुल्लाह शफिक र इमाम उल हकले क्रमश: २० र ३६ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले २/२ विकेट लिए ।बाबरको विकेट मोहम्मद सिराजले लिए भने रिजवान जसप्रित बुमराहको बलमा बोल्ड भए ।


प्रतिकृया दिनुहोस