शनिबार २४, जेठ २०७७ १२:३५
कैलाली । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । अध्यक्ष रावतले भने, ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ।’
कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको अध्यक्ष रावतले जानकारी दिए । ‘स्वास्थ्यको टोली आउँदै छ । त्यति बेलासम्म शवलाई छुट्टै राखेका छौँ,’ वडाअध्यक्ष रावतले भने, ‘स्वाब संकलन गरेर रिपोर्ट आएपछि बल्ल शवको व्यवस्थापन गर्छौं ।’
प्रतिकृया दिनुहोस