२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

क्यानकाे चुनाव आज, यी हुन् मतदाता

- विशेष खबर शनिबार ०६, असोज २०८० ०७:५३

क्यानकाे चुनाव आज, यी हुन् मतदाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

विधान अनुसार ८६ जना मतदाता हुने भए पनि झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।

शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि भएको विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका छन् । शनिबार बिहानदेखि बालुवाटारकाे एक पार्टी प्यालेसमा चुनाव भइरहेकाे हाे । 

बिहान ८ : ४० सम्म उम्मेदवारको मनोनयन, ११: २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन,  ११: ४० बजे उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने  निर्वाचन समितिले जनाएको छ ।

क्यानको नेतृत्वका लागि यसपटक पनि चतुरबहादुर चन्दले दाबी गरेका छन् । उनले सर्वसम्मत हुन खोजे पनि लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र चन्दकाे टीम बनेकाे छ। खड्का सचिवका दाबेदार हुने सम्भावना छ ।

 

 


#निर्वाचन

प्रतिकृया दिनुहोस