२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

एसियाली खेलकुद हाङचउमा आजदेखि, उद्घाटनमा प्रधानमन्त्री दाहाल पनि सहभागी हुँदै

- विशेष खबर शनिबार ०६, असोज २०८० ०७:४१

एसियाली खेलकुद हाङचउमा आजदेखि, उद्घाटनमा प्रधानमन्त्री दाहाल पनि सहभागी हुँदै

काठमाडाैं । एसियाली खेलकुद प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।

कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिता अहिले हुन लागेकाे हाे । प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । यो एसियाली खेलकुदमा अहिलेसम्मको सबै सहभागिताभन्दा बढी भएकाे जनाइएकाे छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् ।

चिनियाँ संचारमाध्यमका अनुसार सीले प्रतियोगिताको उद्घाटन समाराेहमा अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख पनि सहभागी हुनेछन् ।

संयुक्त राष्ट्र संघकाे महासभामा भाग लिन अमेरिका गएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चीन भ्रमणका लागि शुक्रबार उतैबाट बेइजिङ पुगेका छन् । प्रधानमन्त्री दाहाल पनि एशियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ ।


#एसियाली

प्रतिकृया दिनुहोस