२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

सरकार र शिक्षक महासंघबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति

- विशेष खबर बिहिबार ०४, असोज २०८० ११:१२

सरकार र शिक्षक महासंघबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति

काठमाडौं । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आजको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

'आज सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर आज छलफल भएको छ । भोलि बिहानसम्म टुङ्गिन्छ,' उनले भने।

 त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

शिक्षक महासङ्घ र सरकारका बीच आज बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।


#शिक्षक

प्रतिकृया दिनुहोस