२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

आजको मौसम : वर्षाको सम्भावना कहाँ कति ?

- विशेष खबर मङ्गलबार ०२, असोज २०८० ०९:५७

आजको मौसम : वर्षाको सम्भावना कहाँ कति ?

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ ।

साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार आज काठमाडौंमा अपराह्न साँझतिर क्षणिक वर्षाको सम्भावना रहेको छ । आज दिउँसो काठमाडौंमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले काठमाडौंको वायुको तापक्रम २४ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् झाले बताए ।

आज काठमाडौंमा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका  बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।


#माैसम

प्रतिकृया दिनुहोस