२०८१ साउन १२ गते शनिबार | 27 July, 2024

वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर हेरफेर, कुन बैंकको कति ?

- विशेष खबर आइतबार ३१, भदौ २०८० ०२:१३

वाणिज्य बैंकहरूको मुद्दती ब्याजदर हेरफेर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खातामा असोज महिनाका लागि ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका छन् ।

पाँच वटा बैंकहरुले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ११ प्रतिशतभन्दा बढी तोकेका हुन् ।भदौ महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १०. ८९ प्रतिशत थियाे । असोजमा ११. ३५ प्रतिशतसम्म पुर्याएका छन् ।

व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधानअनुसार संस्थागत मुद्दतीमा ९.३५ प्रतिशतसम्म ब्याजदर पुगेको छ ।

रेमिट्यान्स मुद्दती खातामा भने ब्याजदर साढे १२ प्रतिशत पुगेको छ । रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने व्यवस्था छ ।

असोज महिनाका लागि केही बैंकले भदौको तुलनामा ब्याजदर बढाएका छन् भने केहीले स्थिर त केहीले घटाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदरको सूचीअनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.३५८ प्रतिशतसम्म ब्याजदर तोकेको भने रेमिट्यान्स मुद्दती खातामा १२.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै हिमालयन बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दतीमा ११.०५४ प्रतिशत ब्याजदर तोकेका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ११.०३ प्रतिशत कायम गरेको छ ।

व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंकले १०.५, कुमारीले १०.११, सिटिजन्सले १०.०५, एसबीआईले १० र प्रभुले १० प्रतिशत तोकेका छन् ।

एनएमबीले ९.९९, माछापुच्छ्रेले ९.९९, सिद्धार्थले ९.९९, राष्ट्रिय वाणिज्यले ९.५, नेपाल बैंकले ९.२९, स्टान्डर्ड चार्टडले ९.२९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।


#ब्याज

प्रतिकृया दिनुहोस