- विशेष खबर बुधबार २७, भदौ २०८० ०४:०४
काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।
भदौ ७ मा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । बुधबार तीन सातापछि सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।
बुधबार सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रहेकाे छ ।
बुधबार २७५ धिताेपत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस