२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

- विशेष खबर सोमबार २५, भदौ २०८० ०१:५८

आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

रुकुम पश्चिम । आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्दामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । 

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ । 

पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् ।

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् ।


#पक्राउ

प्रतिकृया दिनुहोस