२०८१ भदौ ३० गते आइतबार | 15 September, 2024

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

- विशेष खबर आइतबार २४, भदौ २०८० ११:२६

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटेका थिए । मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बतार् । 

'उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ,' मन्त्री बस्नतेले भने, 'वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ । अहिले सोहीअनुसार चाप बढेको छ । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।'

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । 'उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ,' उपकुलपति प्रा डा बस्नेतले भने । 

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।


#वीर अस्पताल

प्रतिकृया दिनुहोस