२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

- विशेष खबर बिहिबार १४, भदौ २०८० ११:५८

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको भाउ ३ रुपैयाँले बढेको छ ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार खाना पकाउने ग्यासको मूल्य भने २३५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८९५ कायम भएको छ । पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।


प्रतिकृया दिनुहोस