२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु, ६ घाइते

एजेन्सी बिहिबार ०७, भदौ २०८० ०२:०४

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु, ६ घाइते

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोलीहानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको  बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् । 

'घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते ६ जनालाई अस्पतालमा लगिएको छ,' ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् ।

स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् । 

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् ।

आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’हरूको लागि लोकप्रिय मानिन्छ ।


प्रतिकृया दिनुहोस