२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

भारतमा निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जना मजदुरको मृत्यु

एजेन्सी बुधबार ०६, भदौ २०८० ०२:०४

भारतमा निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जना मजदुरको मृत्यु

नयाँ दिल्ली । भारत मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको हो ।

पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले  रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको छ  । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख रूपैयाँ क्षतिपूर्ति दिइने जनाएको छ ।

प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 


प्रतिकृया दिनुहोस