- विशेष खबर आइतबार ०३, भदौ २०८० १०:५३
काठमाडाैं । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ ।
आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।
बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ रूपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए।
बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
एक सातापछि आइतबार फेला परेको रकम सुरक्षित नै रहेको उनले बताए। भल्टभित्र राखिएकाले पैंसा सुरक्षित पाइएकाे हाे । बैंकको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भएकाे उनले बताए ।
गत साताकाे काग खाेलाकाे बाढीले कागबेनीमा ब्यापक क्षति गरेकाे थियाे ।
प्रतिकृया दिनुहोस