२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

क्यान अध्यक्षमा फेरि उठ्ने चतुरबहादुर चन्दकाे घाेषणा

- विशेष खबर बिहिबार ३२, साउन २०८० ११:३५

क्यान अध्यक्षमा फेरि उठ्ने चतुरबहादुर चन्दकाे घाेषणा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चदुरबहादुर चन्दले फेरि आफू अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

बिहीबार कैलाली जिल्ला क्रिकेट संघको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेला काम गरेर अहिलेको अवस्थामा पुर्‍याएकोले एकपटक पुनः अध्यक्ष पदमा आउने चाहाना भएको उनले बताए । उनले आसन्न अधिवेशनमा अन्तिम पटकका लागि अध्यक्षमा उठ्ने बताएका हुन् ।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

देशका कुना कन्दरामा क्रिकेट संघ विस्तार गर्न प्रत्यक्ष सहभागी भएर काम गरेको बताउँदै चन्दले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताए ।

सुदूरपश्चिमका कैलालीसहितका सात जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरेका छन्।

कैलाली जिल्ला क्रिकेट संघको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको हो।


प्रतिकृया दिनुहोस