२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

पाकिस्तान रेल दुर्घटनामा ३० जनाकाे मृत्यु

एजेन्सी सोमबार २२, साउन २०८० ०७:०६

पाकिस्तान रेल दुर्घटनामा ३० जनाकाे मृत्यु

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् ।

कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस