२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

बंगलादेशमा डुंगा डुब्दा आठ जनाको मृत्यु

एजेन्सी आइतबार २१, साउन २०८० १२:५२

बंगलादेशमा डुंगा डुब्दा आठ जनाको मृत्यु

ढाका । बंगलादेशमा वनभोज खान खाएर घरफर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । 

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।

'अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई  जना पुरुषको शव नदीबाट निकालिएको छ,' फारुकले भनेका छन् । 

खोजमा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुङ्गा राति आठ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोक्किएर पल्टिएको थियो ।

नदी किनारमा डुङ्गा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिएभने  चार जनालाई  जीवितै उद्धार गरिएको थियो । 


प्रतिकृया दिनुहोस