२०८२ असार २० गते शुक्रबार | 4 July, 2025

कोरियन भाषा परीक्षाकाे आवेदन माग, पानी जहाज कम्पनीमा कामदार पठाइने

- विशेष खबर आइतबार १४, साउन २०८० ११:४६

कोरियन  भाषा परीक्षाकाे आवेदन माग, पानी जहाज कम्पनीमा कामदार पठाइने

काठमाडाैं । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले बताए ।

उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि आइतबार सूचनासमेत प्रकाशित गरिएको छ ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस