२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

महाराष्ट्र पहिरोः २७ जनाको शव भेटियो, ६० जना बेपत्ता

एजेन्सी आइतबार ०७, साउन २०८० ०९:५६

महाराष्ट्र पहिरोः २७ जनाको शव भेटियो, ६० जना बेपत्ता

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् ।

मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् । 

'हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,' आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् । 

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र  जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् । 


प्रतिकृया दिनुहोस