२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

खेतमा गाईवस्तु लगेकाे निहुँमा किसान-गोठाला भिडन्त हुँदा १० जनाको मृत्यु

एजेन्सी शनिबार १३, जेठ २०८० १०:२७

खेतमा  गाईवस्तु लगेकाे निहुँमा किसान-गोठाला भिडन्त हुँदा  १० जनाको मृत्यु

दक्षिणी चाडमाएन जामेना (चाड) । गोठाला र किसानहरूबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन् । 

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ । 

गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउने गरेका छन् भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् । 

 हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो । त्यस क्रममा  गोठाला र किसानबीच झगडा भयो । झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए ।

मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे । यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको छ । 


प्रतिकृया दिनुहोस