२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

- विशेष खबर बिहिबार ११, जेठ २०८० ११:०७

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

काठमाडाैं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् । 

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए ।  

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका-८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशन रहेकाे बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीले बताए । जिपमा जम्मा १४ यात्रु सवार थिए ।  

 


प्रतिकृया दिनुहोस