२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

भारतमा दुई हजारको नोट बजारबाट फिर्ता लिइदै

- विशेष खबर शुक्रबार ०५, जेठ २०८० १०:२३

भारतमा दुई हजारको नोट बजारबाट फिर्ता लिइदै

काठमाडाैं । भारतीय रिजर्व बैंकले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । नोटलाई अमान्य भने घोषित गरिएको छैन ।

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । देशैभरको कुनै पनि बैंकमा गएर नोटलाई बदल्न पाउने भनिएको छ । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ ।

यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्नेछ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात् २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।

रिजर्व बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । २०१६ नोभेम्बर ८ बाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो । २०१८–१९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो । मिडिया रिपोर्टका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालेको थियो ।

कालोधन राख्नेहरूले बैंकमा पैसा नराखेर बाहिरै दुई हजारको नोट जम्मा गरेर राखेको आशंका छ । २०१६ मा ५ सय र हजारको नोट बन्द गरिएपछि नया“ ५ सयको नोट बाहिर चलनमा ल्याइएको हो ।


प्रतिकृया दिनुहोस