२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो

एजेन्सी मङ्गलबार १२, बैशाख २०८० ०९:३८

भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो

मालिन्दी, केन्या । केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ । 

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए । 

आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

 गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ । 

 यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन् ।


प्रतिकृया दिनुहोस