२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

‘आईएमई पे’ को वैशाखमा नयाँ अफर : ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’

- विशेष खबर शनिबार ०२, बैशाख २०८० ०७:४८

‘आईएमई पे’ को वैशाखमा नयाँ अफर : ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई पे’ ले नयाँ वर्ष २०८० को अवसरमा ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ  ।

वैशाख १ देखि वैशाख ३१ गतेसम्म सञ्चालन भएकाे याे अफर अवधिभर प्रत्येक हप्ता आईएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

योअफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आईएमई पे मार्फत भिसा कार्ड, पीटूपी, क्यूआर, हावाई टिकट खरिद, रेमिट्यान्सलगायत सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ ।


प्रतिकृया दिनुहोस