२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

नेपाली सेनामा खुल्यो डाक्टरदेखि पण्डितसम्मकाे जागिर

- विशेष खबर शुक्रबार २४, चैत २०७९ १०:२९

नेपाली सेनामा खुल्यो डाक्टरदेखि पण्डितसम्मकाे जागिर

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो ।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिन्छ ।

हेर्नुहोस् नेपाली सेनाको दरखास्त आह्वान सम्बन्धी सूचना :


प्रतिकृया दिनुहोस