२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

इन्धनकाे मूल्यसँगै घट्यो हवाई भाडा

- विशेष खबर मङ्गलबार २१, चैत २०७९ ०९:२०

इन्धनकाे मूल्यसँगै घट्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको साविकको १ सय ७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा अर्न्तगत 'फ्युल सरचार्ज' ५.९ प्रतिशले घटेको छ । 

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी सेक्टरको हवाई भाडामा ४ सय ४० रुपैयाँ 'फ्युल सरचार्ज' घटेको छ भने सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।

नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ । नयाँ दर अनुसार, सुगम रुटमा प्रति सिट प्रति यात्रुको भागमा ८५ रुपैयाँ प्रति मिनेटको दरले फ्युल सर चार्ज जोडिन्छ । यस हिसाबले एक यात्रुले एक घन्टाको आन्तरिक उडानमा ५ हजार १ सय रुपैयाँ फ्युल–सर–चार्ज तिर्नुपर्छ ।

No photo description available.


प्रतिकृया दिनुहोस