२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

रोनाल्डो वार्षिक २० करोड डलरमा अनुबन्धित

शनिबार १६, पुष २०७९ ०९:४९

रोनाल्डो वार्षिक २० करोड डलरमा अनुबन्धित

एजेन्सी । विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले शुक्रबार सम्झौता गरेका हुन् ।

युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक  एवम् इतिहास निर्माणमको क्षण भएको छ । रोनाल्डोले जुन २०२५ सम्मका निम्ति सम्झौतामा हस्ताक्षर गरेका अल नासरले बताएको छ । 'रोनाल्डोको आगमनले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन अपितु हाम्रो ‘लिग’, हाम्रो राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट बन्न प्रेरित गर्नेछ' क्लबले सामाजिक सञ्जालमा भनेको छ ।
 
पोर्चुगलका  स्टार सैतीस वर्षीय रोनाल्डोलाई आफ्नो ‘करियर’को सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनाएको छ । उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताएका छन् । एसियामा आफ्नो अनुभव साझा गर्ने यो सही समय भएको महसुस गरेको उनले एक वक्तव्य निकालेर जनाएका छन् । 


प्रतिकृया दिनुहोस