२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

गरिमा बैंककाे १६ औं वार्षिकोत्सव, काेहलपुर शाखामा ५० जनाले गरे रक्तदान

- विशेष खबर बुधबार ०७, मङि्सर २०७९ ०३:२२

गरिमा बैंककाे १६ औं वार्षिकोत्सव, काेहलपुर शाखामा ५० जनाले गरे रक्तदान

बाँके । गरिमा विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार कोहलपुरस्थित बैंकको कलस्टर कार्यालयमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायत २ सय जनाको उपस्थिती रहेको थियो । बैंक १५ वर्ष पूरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा रक्तदान कार्यक्रम गरिएको कलस्टर प्रमुख कुमार गुरुङले बताए ।

बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । १५औं वार्षिक उत्सवमा पनि बैकंले बृहत रक्तदान कार्यक्रम गरेको थियो ।

बुधबार बिहान ७ बजेबाट सुरु भएको रक्तदान अहिले पनि चलिरहेको बैंककाे कोहलपुर शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्य जानकारी दिए । कार्यक्रममा ५० जनाले रक्तदान गरेकाे शाखा प्रबन्धक कर्मार्चायले बताए । 

गरिमा विकास बैंकका सेवाग्राही एबं रक्तदान कार्यक्रममा सहभागी कुशर शाहले गरिमा विकास बैकं बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले यस बैकं प्रति हाम्रो विश्वास अझ बढेको बताए । 

राष्ट्रिय स्तरको उक्त विकास बैकंका हाल १ सय २० शाखा, ५१ एटीएम र २ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आएको छ । 


प्रतिकृया दिनुहोस