२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

- विशेष खबर मङ्गलबार २२, कार्तिक २०७९ ०९:०१

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

काठमाडौं। आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले दसैंतिहार र छठमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन्जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो किमि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीकाे दाबी छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २५०,००० (दुई लाख पचास हजार) बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहने कम्पनीकाे भनाइ छ।

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिब, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिब सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै
सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन्।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएकोराफ्ट स्कुटरको मूल्य मात्र १९९,००० रूपैयाँ हो । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिने कम्पनीकाे दाबी छ ।

यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध रहेकाे जनाइएकाे छ । अहिले नेपालमा यसका १० भन्दा बढी डिलर छन्।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजना रहेको कम्पनीकाे भनाइ छ ।


प्रतिकृया दिनुहोस